काठमाडौं। धोबिखोलामा एउटा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेलले जानकारी दिए।
बा २१ च ६६१४ नम्बरको कार आइतबार साँझ धोबिखोलामा खसेको हो । प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन।
‘अहिले हामी मापसे लगायतका चेकजाँच गरिरहेका छौं, कुनै क्षति भएको छैन,’ ट्राफिक प्रहरीका एसएसपी विनोद घिमिरेले भने। यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो।