चितवनमा ‘माझीघर’ रेस्टुरेन्टको शुभारम्भ

चितवनमा ‘माझीघर’ रेस्टुरेन्टको शुभारम्भ

काठमाडौं। चितवनको सौराहामा रहेको रोयल ट्युलिप चितवन रिसोर्टले नयाँ अल–डे–डाइनिङ रेस्टुरेन्ट ‘माझीघर’ को शुभारम्भ गरेको छ । लुभर होटल्स ग्रुप अन्तर्गतको यो पाँचतारे लक्जरी रिसोर्ट केटिएम हस्पिटालिटीद्वारा सञ्चालित हो ।

सफ्ट ओपनिङमार्फत सुरु गरिएको यो रेस्टुरेन्ट चौबीसै घण्टा सञ्चालन हुनेछ । रिसोर्टको नेतृत्व गरिरहेका केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहका अनुसार ‘माझीघर’ को डिजाइन माझी र थारु समुदायको समृद्ध सांस्कृतिक परम्पराबाट प्रेरित छ ।

उनका अनुसार रेस्टुरेन्टले पाहुनाहरूलाई स्थानीय स्वादसहित अन्तर्राष्ट्रिय स्वादको पनि अनुभव दिनेछ । ‘चितवनको आतिथ्य सत्कारलाई नयाँ स्तरमा लैजाने हाम्रो लक्ष्य हो,’ अध्यक्ष शाहले भने।

रोयल ट्युलिप चितवन रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको किनारमा चार एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । यहाँ ६५ वटा सुन्दर कोठा र भिलाहरू छन्, जसमा विशेष पुल भिला, वाटर भिला र माचान सुइट जस्ता सुविधा समेटिएका छन् ।

रेस्टुरेन्टबाहेक पाहुनाहरूका लागि स्पा, फिटनेस सेन्टर, पौडी पोखरी, फरेस्ट फ्लेम, माचान (घुम्ने डेक) र जीवन्त स्पोट्र्स बारजस्ता सुविधाहरू समेत उपलब्ध छन् ।

रिसोर्टका महाप्रबन्धक सचिन शर्माले होटलले स्थानीय सामग्रीको प्रयोग, इन–हाउस वाटर बोटलिङ प्लान्ट जस्ता दिगो अभ्यासलाई प्राथमिकता दिएको बताए । उनका अनुसार, यस रिसोर्टबाट १०० भन्दा बढी स्थानीयलाई रोजगारी प्रदान गरिनेछ ।

शर्माले भने, ‘नेपालको पर्यटन क्षेत्रमा योगदान पु¥याउने उद्देश्यसहित हामीले यस परियोजनालाई अगाडि बढाएका हौं । पाहुनाहरूलाई विलासी र अविस्मरणीय अनुभव दिने हाम्रो प्रतिवद्धता छ ।’