काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-नेपाल समूहको अहिले भइरहेको शक्ति प्रदर्शन सभामा आफूले बोलिरहँदा दर्शकदीर्घामा रहेका पत्रकार ऋषी धमलाले कार्यक्रम चलाएको भन्दै नारायणकाजी श्रेष्ठ झोक्किएका छन्।
बोलिरहँदा अगाडि ऋषी धमलाले कार्यक्रम गरिरहेको देखेपछि उनले मन्चबाटै भने, ‘पत्रकार साथीहरु हामी यहाँ सभा सन्चालन गरिरहेका छौँ। तपाईहरु त्यहाँ चुप लागिदिनुस्। सुन्नु भोरु ऋषी धमला जी तपाई त्यहाँ अर्को कार्यक्रम नगर्नुस्। तपाई चुप लाग्नुस्।’
त्यसपछि केही सेकेण्ड रोकिएर उनले थपे,’ उहाँले राम्रै काम गर्नु भएको थियो, जनसमुदायबीच अन्तर्वार्ता लिएर। तर अहिले हैन, यो कार्यक्रम पछि गर्न म विनम्र अनुरोध गर्दछु।’