कांग्रेसको दोहोरो चरित्र अति नै तल्लोस्तरको राजनीतिक दाउपेजजस्तो लाग्यो : एमाले नेता भट्टराई

कांग्रेसको दोहोरो चरित्र अति नै तल्लोस्तरको राजनीतिक दाउपेजजस्तो लाग्यो : एमाले नेता भट्टराई

काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता तथा बाग्मती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले नेपाली कांग्रेसले भूमि र शिक्षासम्बन्धी विद्येयकहरु माथि दोहोरो चरित्र देखाएको भन्दै आलोचना गरेका छन् । उनले कांग्रेसो यो दोहोरो चरित्र अति नै तल्लोस्तरको राजनीतकि दाउपेचजस्तो भएको पनि टिप्पणी गरेका छन् ।

उनले माथिल्लो संयन्त्रमा एउटा कुरा र बाहिर अर्को कुरा गरेको भन्दै कांग्रेस नेताहरुको भूमिकाको आलोचना गरे । सत्ता साझेदारी गरिरहेको दलको यो व्यवहार लोकतन्त्रको लागि पनि उचित नभएको उनको भनाई छ । यो विषय मूल्यांकनको विषय बनेको बताए ।

उनले फेशबुकमा लेखेका छन्– “नेपाली कांग्रेसको भूमि र शिक्षा सम्बन्धित विधेयकहरू माथिको दोहोरो चरित्र अति नै तल्लो स्तरको राजनीतिक दाउपेच जस्तो लाग्यो। माथि संयन्त्रमा एउटा कुरा बाहिर आएपछि अर्को ? सत्ता साझेदारी गरिरहेको दलको यो ब्यवहार लोकतन्त्रमा कति उचित हो ? मूल्याङ्कनको बिषय हो।”