माथिल्लो तहबाटै पार्टी विभाजनको हल्ला चलाइएको जनार्दनको आरोप

माथिल्लो तहबाटै पार्टी विभाजनको हल्ला चलाइएको जनार्दनको आरोप

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले विगत दुई वर्षदेखि पार्टीको माथिल्लो तहबाट विभाजनको हल्ला चलाइएको बताएका छन् । आज उनले आफ्ना धारणा सार्वजनिक गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

‘नेकपा (माओवादी केन्द्र) पार्टी बारे उठेको भ्रम र तथ्यहरुलाई गहिरो गरी बुझ्न आग्रह गर्दछु। बिगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु,’ उनले भनेका छन् ।

गत बर्ष केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार मंसिरमा विषेश महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गरिनुपर्ने उनको भनाइ छ । जसले पार्टीको पुनरगठन,सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने उनले बताएका छन् ।

त्यस्तै, पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको उर्जा २ बुँदे सहमति पश्चात् गिरेको उनको बुझाइ छ । पार्टीको शाखलाई पुनः माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुन उनले आग्रह गरेका छन् ।