बाटोमा चिप्लिएर दुई जनाको मृत्यु

बाटोमा चिप्लिएर दुई जनाको मृत्यु

काभ्रे। काभ्रेपलाञ्चोमा दुई जनाको बाटोमा चिप्लिएर मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरीले कार्यालयका अनुसार घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

यस्तै, बेथानचोक गाउँपालिका–५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको पनि बाटोमा चिप्लिएर मृत्यु भएको छ । स्थानीय डेरीमा दूध पुर्‍याउन जाने क्रममा लडेर टाउकोमा चोट लागेका उहाँको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।