एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

काठमाडौं। नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन्। 

शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा आफूलाई निकालेको टिप्पणी गरेका हुन्। 

उनले भने, ‘मैंले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरुले नै विद्रोह  गरेका हुन्। मैंले ठिक ठाँउमा आउ भनेकाले निरङकुश र तानाशाही शक्ति लगाएर निकालियो। मंैले जुन विधि, प्रणाली, सिद्धान्तमा पार्टी हिडेनन् भनेको थिए। त्यसको पुष्टि भएको छ।’

उनले नेपालका सबै राजनीतक दलहरु राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाडभैंलो भएको बताए। 

‘म टिप्पणी गर्दिन। तर नेपालका सबै राजनीतिक दलहरु राष्ट्रिय हित र मर्यादामा छैनन्। पार्टीहरुले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाडभैलो त्यसकै कारण भएको हो,’उनले भने।