बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य सोमबार १ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन एक लाख ९६ हजार ५०० रुपौयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार २५०रुपैयाँमा कारोबार भएको थियो।

आज दश ग्राम सुनको मूल्य एक लाख ६८ हजार ५५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय ३३ रुपैयाँ ५० पैसा रहेको छ।