उत्तराखण्डमा बाढीः बर्दियाका एकै घरका तीन जनासहित ४ जना बेपत्ता

उत्तराखण्डमा बाढीः बर्दियाका एकै घरका तीन जनासहित ४ जना बेपत्ता

बर्दिया। मजदुरी गर्न भारतको उत्तराखण्ड गएका बर्दियाका ५ जना नेपाली बेपत्ता भएको परिवारले जनाएका छन्।

भारतको वाकुटा स्थित पौडी जिल्लाको बिनु नदीमा आएको बाढीले मजदुरी गर्न गएका बर्दियाका मधुवन नगरपालिकाका ४ जना मजदुर परिवारको सम्पर्कमा नआएका कारण पहिरोमा वेपत्ता भएका हुन्।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सो बाढी र पहिरोमा परी केहि वेपत्ता भएको भन्ने खबर आएकोले त्यस घटनामा बर्दिया मधुवन नगरपालिकाका ४ जना मजदुर पनि बेपत्ता भएकोले खोजी कार्य र समन्वयका लागी दूतावास मार्फत समन्वय भैरहेको बताए।

मधुवन नगरपालिका ६ का एकै परिवारका तिन जना सहित ४ जना वेपत्ता भएको बताइएको छ। भारतको वाकुटा स्थित पौडी जिल्लाको बिनु नदीमा आएको बाढीले बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका-६ का करिब ४० वर्षका नरेन्द्र खड्का, श्रीमती ३२ वर्षीया सरस्वती खड्का, दुई वर्षीय रोशन खड्का र मधुवन नगरपालिकाकै वडा नम्बर ५ बस्ने अमृता परियार बेपत्ता भएका हुन्।

वाकुडामा मधुवन नगरपालिकासहित बर्दिया जिल्लाका करिब ५० जना श्रमिकहरु कार्यरत रहेको प्रारम्भिक जानकारी आएको बताइएको छ।