दाउन्नेमा पहिरो जाँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध

दाउन्नेमा पहिरो जाँदा पूर्व पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध

पूर्वी नवलपरासी।  पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर नजिकै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको छ । वर्षाको कारण सडक हिलो हुँदा बिहान देखि दाउन्ने खण्डमा सवारी सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो ।

सडक अवरुद्ध भए पछि अहिले सयौँ यात्रु र सवारी चालकहरू बिच बाटोमा अलपत्र परेका छन् । अहिले दाउन्ने बजारसम्म सवारीसाधनहरूको जाम लागेको छ ।दाउन्ने पहाड कटान गरिएकाले यस क्षेत्रमा पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।