काठमाडौं। भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन उनी आगामी भदौ १ गते नेपाल आउन लागेका हुन्।
ओली प्रधानमन्त्री बनेको १३ महिना बतिसक्दा पनि छिमेकी मुलुक भारतको भ्रमण हुन सकिरहेको छैन। भारतीय पक्षले ओलीलाई भदौ ३१ देखि असोज १ गतेसम्म भ्रमणको निम्तो दिन लागेको बताइएको छ। यसबारेमा सरकारी पक्षबाट भने कुनै आधिकारिक धारणा बाहिर आइसकेको छैन।
मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीका लागि पठाएको भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्ने बताइएको छ। मिश्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, परराष्ट्रसचिवलगायतसँग भेटवार्ता गर्ने बताइएको छ।